post-slider post-slider

विश्वकप : अपराजित भारतीय टिमको अन्तिम लिगमा के हुनेछ रणनीति?

Image
A A

काठमाडौं- दीपावलीको शुभ दिन ‘आइसिसी विश्वकप २०२३’ अन्तर्गगतको अन्तिम लिग म्याच घरेलु टिम भारत र नेदरल्यान्ड्सबीच बंगलुरूको चिन्नास्वामी स्टेडियममा हुँदैछ।

यो विश्वकप २०२३ को अन्तिम प्रतिस्पर्धा हो जसमा हार र जितले केही अन्तर हुनेवाला छैन। किनभने सेमिफाइनलका टिमहरू यसअघि नै चयन भइसकेका छन्।

१५ नोभेम्बरमा मुम्बईको वानखेडे स्टेडियममा भारत र न्युजिल्यान्डबीच टक्कर हुनेछ जबकि १६ नोभेम्बरका दिन कोलकत्ताको इडन गार्डनमा अस्ट्रेलिया र दक्षिण अफ्रिका एकअर्काविरूद्ध भिड्ने छ।

रिकी पौन्टिङको टिम सन् २००३ र २००७ मा अपराजेय रहँदै विश्वकप जितेको थियो। त्यतिबेला अस्टे«ेलियाले लगातार ११ म्याचमा जित हासिल गरेको थियो।

अस्ट्रेलियाका पूर्वक्रिकेटर अहिलेको भारतीय टिम कुनै म्याच विना हारेर जित्ने क्षमता भएको बताउँछन्।

सन् २००३ र २००७ मा अस्ट्रेलियाकै जस्तै अहिलेको भारतीय टिम रहेको उनको भनाइ छ।

पहिले आठ म्याच जितिसकेको रोहित शर्मा नेतृत्वको टिमलाई अजेय रहनु छ। त्यसका लागि नेदरल्यान्ड्ससँग ‘डेड रबर’ मा पनि भारतीय टिम कुनै लापारबाही गर्ने छैन।

नेदरल्यान्ड्सले शक्तिशाली दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरेर सबैलाई आश्चर्यचकित तुल्याएको थियो। यो टिमले बंगलादेशलाई पनि ८७ रनले पराजित गरेको थियो।

यसअघि पनि नेदरल्यान्ड्सको टिमले विश्वकपमा भारतसामु मजबुत चुनौती प्रस्तुत गरेको थियो।

भारत र नेदरल्यान्ड्सबीच विश्वकपमा दुईपटक टक्कर भएको छ।

सन् २००३ मा दक्षिण अफ्रिकामा भएको विश्वकपमा सौरव गांगुली नेतृत्वको टिमले नेदरल्यान्ड्सलाई ६८ रनले पराजित गरेको थियो। तर, त्यो म्याचमा नेदरल्यान्ड्सका बलरहरूले भारतीय ब्याटरहरूलाई हैरान पारेको थियो।

भारतले टस जितेर पहिले ब्याटिङ गरेको थियो। नेदरल्यान्ड्सका बलरले भारतीय  इनिङलाई ४९ ओभरमै २०४ रनमा सीमित गरेको थियो।

त्यो म्याचमा केवल सचिन तेन्दुलकरले अर्धशतक बनाएका थिए। दिनेश मोंगियाले ४२ र युवराज सिंहले ३७ रन बनाएका थिए।

जवागल श्रीनाथ र अनिल कुम्बलेले ४–४ विकेट लिएर नेदरल्यान्ड्सलाई १३६ रनमै अलआउट गरेका  थिए।

त्यसपछि सन् २०११ मा दिल्लीमा दुवै टिम एकअर्काविरूद्ध प्रतिस्पर्धा भयो। पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले १८९ रन बनायो। जहीर खानले ३ र पियुष चावला र युवराज सिंहले २–२ विकेट लिए।

युवराज सिंहले ५१ र विरेन्द्र सहवागले ३९ रन बनाएर ३७ औं ओभरमै ५ विकेटले ििटमलाई जित दिलाएका थिए।

यसपालि पनि भारतीय टिमले नेदरल्यान्ड्सलाई कसौटीमा कस्ने मौका पाएको छ।

आँकडाको हिसाबले यो म्याच महत्वपूर्ण रहेको छ। भारतीय कप्तान रोहतले ५८ रन बनाउनसके विश्वकपमा विराट कोहली (५४३) पछि  ५ सय रन बनाउने दोस्रो भारतीय ब्याटर हुनेछन्।

अहिले ५९१ रनका साथ दक्षिण अफ्रिकाका क्विंटन डिकक  पहिलो र न्युजिल्यान्डका रचिन रवीन्द्र ५६५ रनका साथ दोस्रो स्थानमा रहेका छन्।

रोहितले अर्को एक कीर्तिमान पनि बनाउन सक्नेछन्।

विश्वकपमा सबैभन्दा बढी ४९ छक्काको कीर्तिमान वेस्टइन्डिजका क्रिस गेलको नाउँमा रहेको छ। रोहितले ४५ छक्का प्रहार गरिसकेका छन्। नेदरल्यान्ड्सविरूद्धको खेलमा पाँच छक्का हिर्काउनसके ‘सिक्स मास्टर’ बन्न सक्नेछन्।

पाकिस्तानविरूद्ध उनले ६३ बलमा ८६ रनको विस्फोटक इनिङ खेलेका थिए।

म्याचको पूर्वसन्ध्यामा भारतीय टिमका मुख्य कोच राहुल द्रविडले पत्रकार सम्मेलनमा कप्तान रोहितको प्रशंसा गरे।

प्रतियोगितामा भारतले प्राप्त गरेको लयमा कप्तान र ओपनर ब्याटरको भूमिका निर्वाह गरिरहेका रोहित शर्माको महत्वपूर्ण भूमिका रहेको द्रविडले बताए। 

 

Tags: