post-slider post-slider

गौशाला–२६ को गोपनीयता भङ्ग गर्ने पक्राउ

Image
A A

काठमाडौं- गौशाला–२६ को व्यक्तिगत गोपनीयता भङ्ग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको साइबर ब्युरोले संखुवासभाका ३२ वर्षीय केशरमान राईलाई पक्राउ गरेको हो।

गौशाला–२६ ले दिएको जाहेरीका आधारमा राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले संखुवासभा प्रहरीको सहयोगमा राईलाई पक्राउ गरी काठमाडौं ल्याइएको जानकारी दिए।

सामाजिक सञ्जालमा आफ्नो नाम र तस्बिर सार्वजनिक गर्नेविरुद्ध कारबाहीको माग गर्दै गौशाला–२६ ले ब्युरोमा उजुरी दिएकी थिइन्।

बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट गौशाला– २६ पीडित युवती हुन्।

काठमाडौं जिल्ला अदालतले यो मुद्दामा लामिछानेलाई ८ वर्ष जेल तथा जरिवाना र क्षतिपूर्तिस्वरुप पाँच लाख तिर्नुपर्ने फैसला गरेको छ।

 

Tags: