post-slider post-slider

उदयपुरमा जीप दुर्घटना, दुई जनाको मृत्यु

Image
A A

उदयपुरः उदयपुरको कटारीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

मृत्यु हुनेमा ७० वर्षीय वीरबहादुर तामाङ र ३३ वर्षीया लालकुमारी तामाङ रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका नायब प्रहरी उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिए।

शुक्रबार साँझ कटारी बजारबाट थलियातर्फ गइरहेको ना १ ज ८३३३ नम्बरको जीप कटारी-७ मजेतपुरमा दुर्घटनामा परेको हो। ब्रेक फेल भई जीप डेढसय मिटर तल खसेको प्रहरीले जनाएको छ।

विराटनगरस्थित नोबेल अस्पताल र कटारी अस्पतालमा घाइतेको उपचार भइरहेको छ।

Tags: