post-slider post-slider

सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ हुँदै

Image
A A

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदैछ।

लामिछानेविरूद्ध दायर जबरजस्तीकरणीसम्बन्धी मुद्दामा आज अन्तिम सुनुवाइ हुन लागेको हो।

जिल्ला अदालत काठमाडौंमा दायर बलात्कर मुद्दाको फैसलाका लागि पेसी तोकिएको छ।

सर्वोच्च अदाललते गत वर्ष १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो। तर, अहिलेसम्म यो मुद्दामा फैसला हुनसकेको छैन।

यसअघि बारम्बार पेसीमा चढे पनि मुद्दाको सुनुवाइ हुनसकेको थिएन।

लामिाछानेविरूद्ध एक किशोरीको बलात्कार गरेको आरोप छ। आफूलाई बलात्कार भएको भन्दै ती किशोरीले प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।

किशोरीले दिएको जाहेरीका आधारमा क्रिकेटर लामिछानेविरूद्ध जबरजस्तीकरणीको मुद्दा दायर भएको हो।

 

Tags: