post-slider post-slider

मन्त्रिपरिषद पुनर्गठनअघि प्रचण्ड आन्तरिक छलफलमा

Image
A A

काठमाडौं- मन्त्रिपरिषद पुनर्गठनअघि माओवादी केन्द्रका पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा माओवादी केन्द्रका नेताहरू आन्तरिक छलफलमा जुटेका हुन्।

छलफलमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, पर्यटनमनत्री सुदन किराँती, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका छन्।

प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएर जनमत पार्टीलाई ल्याउन चाहेका छन्।

जनमतले एक महिनाअघि प्रधानमन्त्री प्रचण्डलाई नाम दिइसके पनि माओवादी केन्द्रबाट फिर्ता हुने मन्त्रीबारे टुंगो लाग्ने सकेको छैन।

पार्टीका तर्फबाट सरकारमा सहभागी पाँचमध्ये कसलाई फिर्ता बोलाउने भन्नेबारे टुंगो लगाउन प्रचण्डले पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन्।

जनमतले पार्टीका तर्फबाट अनितादेवी साहको नाम पठाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँती र संघीय मामिला तथा स्थानीय विकासमन्त्री मोदीलाई मन्त्रीबाट हटाउने तयारी थालेका हुन्।

मन्त्री किराँती उपमहासचिव शर्मा र मोदी अर्का उपमहासचिव पुन निकट मानिन्छन्।

जनमत पार्टीले अनितादेवी साहको नाम पठाए पनि उनले पाउने मन्त्रालयबारे अझै टुंगो लागिसकेको छैन।

जनमत पार्टीका प्रवक्ता शरदसिंह यादव आफूहरूले पाउने मन्त्रालयबारे टुंगो लागि नसकेको बताए।

 

Tags: