post-slider post-slider

सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु

Image
A A

काठमाडौं- सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।

मृत्यु भएकाहरूको शव निकालेर त्रिवि शिक्षण अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

‘अहिलेसम्म १९ जनाको पत्ता लागेकोमा एक जनालाई उपचारको लागि अस्पताल लगिएको छ, अन्यको शव निकालिएको छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले भने।

उद्धार गरी केएमसी अस्पताल पठाइएका ३७ वर्षीय पाइलट क्याप्टेन मनिष शाक्य हुन्।

अन्य चार जनालाई उद्धार गरी त्रिवि शिक्षण अस्पताल पठाइएको नेपाल प्रहरीले जनाएको छ।

त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार जहाजमा १९ जना यात्रु रहेको खुलेको छ। उनीहरू सबै सौर्य एयरकै प्राविधिक कर्मचारीहरू थिए।

काठमाडौंबाट पोखरा उडेको जहाज बिहान ११ बजे उड्ने क्रममा खसेको थियो। जहाज इन्जिन परीक्षणका लागि पोखरा उडाइएको थियो। 

Tags: