post-slider post-slider

प्रतिनिधिसभा बैठक दुई घन्टा सर्‍यो

Image
A A

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आइतबार दिउँसो एक बजे तय भएको प्रतिनिधिसभा बैठक अपरान्ह तीन बजेका लागि सारेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुरोधमा सभामुख घिमिरेले बैठक दुई घन्टा पछि बस्नेगरि बैठक सारेका हुन्।

टेलिफोन संवादमा सभामुखले तीन शीर्ष नेताबीचको छलफलले सदन खुलाउन सकारात्मक निष्कर्ष निकाल्न शुभकामनासमेत दिए।

संघीय संसदको अवरोध हटाउन तीन मुख्य दलका प्रमुख अहिले छलफलमा छन्। प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल सिंहदरबारमा जारी छ।

यता, आज बसेको राष्ट्रियसभाको बैठक एमालेले अवरुद्ध पारिसकेको छ। प्रचण्डको एक विवादास्पद अभिव्यक्तिका कारण प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पार्नुका साथै राजीनामासमेत मागेको छ।

 

Tags: