post-slider post-slider

इजरायलमा मृत्यु भएकाको शव ल्याउने प्रक्रिया सुरू भएको छ : मन्त्री साउद

Image
A A

काठमाडौं- परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहबाट मारिएका पाँच जना नेपालीको शव प्रमाणीकरण गर्ने काम सुरू भएको र सकिने बित्तिकै नेपाल ल्याइने बताएका छन्।

सुदूरपश्चिम पत्रकार समाजले आइतबार काठमाडौंमा दसैं, तिहार, छठ तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्।

इजरायल घटनामा सबैभन्दा बढी क्षति सुदूरपश्चिमलाई भएको बताउँदै उनले उद्धार तथा अन्य काममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

मन्त्री साउदले हमास समूहले बन्धक बनाइ बेपत्ता पारेको भनिएको विपिन जोशीको पहिचानका लागि सरकारको तर्फबाट सबै पहल भइरहेको र अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ संस्थालाई समेत त्यसका लागि आग्रह गरिएको बताए।

इजरायलमा रहेका नेपाली विद्यार्थी सरकारको सम्पर्कमा रहेको र थप विद्यार्थी पनि अनलाइनमार्फत सम्पर्कमा आइरहेकाले आवश्य परेमा जुनसुकैबेला नेपाल ल्याउन सरकार तयार रहेको उनको भनाइ थियो।

 

Tags: