post-slider post-slider

संघीय संसदको कार्यवाहक महासचिवमा पाण्डे नियुक्त

Image
A A

काठमाडौं- संघीय संसदको कार्यवाह महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त भएका छन्।

उनलाई बुधबार सभामुख देवराज घिमिरेले कार्यवाहक महासचिव तोकेका हुन्।

संघीय संसदका महासचिव डा.भरतराज गौतमले राजीनमा दिएपछि उनको पद रिक्त भएको थियो।

२०७७ वैशाख २२ गते संसद सचिवालयको महासचिवमा नियुक्त भएका गौतम कार्यकाल नसकिँदै गत आइतबार पदबाट राजीनामा दिएका थिए।

उनले घरायसी कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए।

 

Tags: