post-slider post-slider

नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धकलाई डेढ करोड बिगो जरिवाना, ६ वर्ष कैद साजय

Image
A A

काठमाडौं- भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक भुपराज कोइरालालाई विशेष अदालतले सजाय तोकेको छ।

बुधबार विशेष अदालतका न्यायाधीशहरू खुसिप्रसाद थारू, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले दोषी ठहर भएका कोइरालालाई सजाय निर्धारण गरेको हो।

विशेष अदालतले उनलाई ५४ लाख ८४ हजार रूपैयाँ बिगो र उति नै जरिवानाका साथै ६ वर्ष १ महिना कैद सजाय तोकेको छ।

कोइरालाले बिगो र जरिवाना गरी १ करोड ४८ लाख रूपैयाँ तिर्नुपर्ने भएको छ।

विशेष अदालतका  प्रवक्ता धनबहादुर कार्कीले अख्तियारको मागदाबीबमोििजम नै उनलाई सजाय भएको जानकारी दिएका छन्।

अख्तियारले कोइरालाविरूद्ध २०७७ असार ३१ गते मुद्दा दर्ता गरेको थियो।

नेपाल बैंक लिमिटेड काठमाडौं बैंकिङ अफिस र डिल्लीबजार शाखामा कार्यरत छँदा कोइरालाले बैंकिङ सिस्टमअन्तर्गत व्यक्तिगत रूपमा दिइएको टेलर आइडी र सिस्टम सुपर युजर विद्युतीय माध्यमको दुरूपयोग गरिएको भेटिएको थियो।

त्यसमार्फत उनले ५४ लाख ८४ हजार रूपैयाँ विभिन्न खातामा जम्मा गरी भ्रष्टाचारजन्य कसुर गरेको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको थियो।

 

Tags: