post-slider post-slider

आजदेखि बजेटमाथि छलफल

Image
A A

काठमाडौं- संघीय संसदमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरू हुँदैछ। संघीय संसदको दुवै सदनमा बजेटमाथि छलफल हुन लागेको हो।

प्रतिनिधिसभाको बैठक अहिले केही बेरमा सुरू हुँदैछ भने राष्ट्रियसभाको बैठक दिउँसो १ बजे सुरू हुँदैछ।

बैठकमा बजेटमाथि छलफल सुरू गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री प्रकाशशरण महतले पेस गर्ने र त्यसमाथि सदस्यहरूले धारणा राख्ने सम्भावित कार्यसूची रहेको छ।

यसअघि राष्ट्रपति कार्यालयले पठाएको नागरिकता विधेयक प्रमाणीकरण भएको पत्र सभामुख देवराज घिमिरेले संसद बैठकमा सुनाउने कार्यसूची छ।

त्यसपछि आजैदेखि चार दिनसम्म छलफल गर्ने र यही जेठ २५ गते अर्थमन्त्री महतले जवाफ दिएपछि बजेट पारित गर्ने योजना छ।

अर्थमन्त्री महतले गत १५ गते संसदमा आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गरेका थिए।

 

Tags: