post-slider post-slider

तारकेश्वरमा पहिरोमा पुरिएर बाबु–छोरीको मृत्यु

Image
A A

काठमाडौं- काठमाडौंको तारकेश्वर नगरपालिकास्थित चो गाउँमा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा बाबु र छोरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

मृत्यु हुनेमा ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आस्मा तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं एसपी कुमोद ढुंगेलले जानकारी दिए।  

गए राति करिब ८ बजे पहिरोले घर पुरिँदा उनीहरूको निधन भएको हो। एक जनाको घाइते भएकोमा उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेमा गणेशकी श्रीमती रहेकी छन्।

Tags: