post-slider post-slider

वैदेशीक रोजगारीमा रहेका श्रमिकको सुरक्षामा सरकार गम्भीर बनोस् : कांग्रेस नेता विष्ट

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका नेता आनन्द विष्टले सरकार वैदेशीक रोजगारमा रहेका श्रमिकको सुरक्षामा गम्भीर बन्नुपर्ने बताएका छन्।

कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवम् नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्षसमेत रहेका विष्टले वैदेशीक रोजगारीमा रहेका नेपालीहरूलाई राज्य हाम्रो समस्याप्रति गम्भीर छ भन्ने आभाष सरकारले दिलाउन सक्नु पर्ने बताएका छन्।

'नेपाली श्रमिक कार्यरत् प्रमूख श्रम गन्तव्य देशमा खटिएका नेपाली राजदूतहरूसँग काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज र भोलि छलफल गर्ने खवरले हर्षित तुल्याएको छ। छलफलमा सुरक्षित वैदेशीक रोजगारीका लागि श्रमिक भर्ना प्रक्रिया, घरेलु श्रमिकको भर्ना सम्बन्धी लिइएको मापदण्ड, वैदेशिक रोजगारीको मागपत्र प्रमाणीकरण, खाडी र मलेसियामा कार्यरत नेपालीको श्रमिकको अवस्थाबारे राजदूतहरुसँग छलफल हुने बुझिएको छ। विदेशमा श्रमिकहरूका थुप्रै समस्या छन्। सरकारले श्रमिकका समस्या सुन्न यस्तो खाले अन्तरक्रिया गर्नु आफैँमा सह्राहनीय कुरा हो। समस्या सुनेर सरकारले समाधानका लागि पनि ठोस काम र आवश्यक समन्वय गरोस्,' उनले लेखेका छन्।
 
श्रमिकहरुको सुरक्षा, रोजगारी सुनिश्चितता जस्ता धेरै विषयमा सरकार गम्भीर बन्नु पर्ने विष्टको भनाइ छ। 

Tags: