post-slider post-slider

राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने १२ दलले पाए चुनाव चिह्न

Image
A A

काठमाडौं- राष्ट्रियसभामा भाग लिन दर्ता भएका १२ राजनीतिक दलले चुनाव चिह्न प्राप्त गरेको छ।

चुनावमा भाग लिन दर्ता भएका १२ राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको हो।

आगामी माघ ११ गते हुन लागेको राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति दर्ता भएका १२ राजनीतिक दलहरूलाई चिह्न प्रदान गरिएको आयोगले जनाएको छ।

चुनाव चिह्न प्राप्त गर्ने दलहरूमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी रहेका छन्।

 

Tags: