post-slider post-slider

रवि लामिछानेविरूद्धको रिट खारेज

Image
A A

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद पद खारेजीको मागदाबीसहित परेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

बुधबार बसेको संवैधानिक इजलासले लामिछानेविरूद्धको रिट खारेज गरेको हो।

युवराज सफल पौडेलले गत जेठ १० गते निर्वाचन आयोगसहितलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए।

राहदानी दुरूपयोगलगायतका विषय उठाउँदै रिट निवेदनमा लामिछाने सांसद बन्न अयोग्य रहेको दाबी गरिएको थियो।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लसहितको इजलासले रिट निवदेन खारेजे हुने ठहर गरेको हो।

 

Tags: