post-slider post-slider

सेमिफाइनलमा पुग्न पाकिस्तानलाई अब ‘असम्भव चमत्कार’ को भरोसा

Image
A A

काठमाडौं- विश्वकपमा अफगानिस्तानविरूद्ध अप्रत्याशीत जित हासिल गरेर अस्ट्रेलिया सेमिफाइनमा पुग्ने तेस्रो टिम बन्यो।

सबै ८ खेल जितेर भारत प्रतियोगिताको सेमिफाइनलमा यसअघि नै पुगिसेको छ भने सेमिफाइनलको तेस्रो टिम दक्षिण अफ्रिका रहेको छ।

अब अन्तिम चारमा स्थान सुनिश्चित गर्न केवल एक टिमसँग अवसर देखिएको छ। यसका लागि अहिले तीन टिम न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान दौडमा छ।

हुनत बिहीबार श्रीलंकासँग केवल २३.२ ओभरमा आफ्नो अन्तिम लिग म्याच जितेको न्युजिल्यान्डको नेट रनरेट ०.७४३ भइसकेको छ। र, अन्य दुई  टिम पाकिस्तान तथा अफगानिस्तानभन्दा यो रेसमा धेरै अगाडि छ।

शुक्रबार अफगानिस्तानको अन्तिम लिग म्याच दक्षिण अफ्रिकासँग  अहमदाबादमा भइरहेको छ।

अफगानिस्तानको नेट रनरेट माइनसमा छ। यो टिम –०.३३८ नेट रनरेटका साथ अंकतालिकामा छैठौं स्थानमा रहेको छ।

उता पाकिस्तान पनि सामान अंक र ०.०३६ रन रेटका साथ पाँचौं स्थानमा छ।

न्युजिल्यान्डले श्रीलंकालाई पनि पुर्‍यायो चिन्तामा

न्युजिल्यान्डविरूद्धको खेलमा श्रीलंकाले पहिले ब्याटिङ ग¥यो। तर, उसका ब्याटरहरू लगातार आउट भइरहे।

१० औं विकेटका लागि दिलशान मदुशांका र महीश तिक्षणाले ४३ रन जोडे। यो श्रीलंकाका लागि अन्तिम विकेटको अहिलेसम्मको सबैभन्दा धेरै रनको साझेदारी बन्यो।

यसका बाबजुद श्रीलंका टिम केवल १७१ रन बनाएर आउट भयो।

जबाफमा न्युजिल्यान्ड टिमले आक्रमक शैलीमा ब्याटिङको सुरूवात ग¥यो। र, सहज ढंगबाट पाँच विकेटले खेल जित्यो।

यो म्याचमा फराकिलो अन्तरबाट जित हासिल गरेर न्युजिल्यान्डले सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई थप मजबुत गरिसकेको छ।

१६० बल बाँकी छँदै हासिल गरेको यो जितले न्युजिल्यान्डको नेट रनरेट ०.७४ भइसकेको छ।

न्युजिल्यान्ड यतिबेला सेमिफाइलनको रेसमा अन्य दुई टिम पाकिस्तान र अफगानिस्तानभन्दा धेरै अगाडि निस्किएको छ।

न्युजिल्यान्डविरूद्धको हारपछि श्रीलंका अंकतालिकाको ९ औं स्थानमा पुगेको छ। अब श्रीलंकाले २०२५ मा हुने च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना पनि न्यून भइसकेको छ।

च्याम्पियन्स ट्रफी २०२५ पाकिस्तानमा हुनेछ। र, त्यसमा आयोजकसमेत केवल ८ टिमले भाग लिन पाउनेछन्।

सेमिफाइनलमा पाकिस्तान पुग्ने कति सम्भावना?

न्युजिल्यान्डले श्रीलंकामाथि हासिल गरेको ठूलो जितपछि पाकिस्तान र अफगानिस्तानलाई सेमिफाइनलमा पुग्न एउटा कठिन समीकरण पार गर्नुपर्ने हुन्छ।

अर्थात दुवै टिमले जितमात्रै हासिल नगरेर यसको अन्तरलाई फराकिलो बनाउनुपर्ने हुन्छ, जसले गर्दा नेट रनरेट न्युजिल्यान्डभन्दा राम्रो हुनसकोस्।

पाकिस्तानले अन्तिम लिग म्याच इंग्ल्यान्डविरूद्ध खेल्नुपर्नेछ।  सबैभन्दा पहिले पाकिस्तानले यो म्याच कुनै पनि हालतमा जित्नुपर्ने हुन्छ।

तर, एउटा सामान्य जितले मात्रै पाकिस्तान सेमिफाइनलमा पुग्न  सम्भव छैन। किनभने उसको नेट रनरेट न्युजिल्यान्डभन्दा धेरै पछाडि छ।

अहिलेको समीकरणअनुसार यदि इंग्ल्यान्डले पहिले ब्याटिङ गरेर ३ सय रन बनायो भने पाकिस्तानले यो लक्ष्य केवल ६.१ ओभरमा पूरा गर्नुपर्ने हुन्छ। अर्थात हरेक बलमा पाकिस्तानका ब्याटरले ६ रन बनाए पनि यति ओभरमा २२२ रनमात्रै बनाउनसक्छ।

यदि इंग्ल्यान्डलाई पाकिस्तानले केवल सय रनमै आउट गरे यो लक्ष्य उसले केवल २.५ ओभरमा हासिल गर्नुपर्ने हुन्छ।

पाकिस्तानले पहिले ब्याटिङ गरेर ३ सय रन बनाएको अवस्थामा उसले इंग्ल्यान्डलाई केवल १३ रनमा आउट गर्नुपर्ने हुन्छ।

अर्थात सेमिफाइनलमा पुग्न पाकिस्तानले इंग्ल्यान्डलाई २८७ रनको विशाल अन्तरले पराजित गर्नुपर्ने बाध्यता रहेको छ।

अफगानिस्तान रेसबाट लगभग  बाहिर

अफगानिस्तानको नेट रनरेट माइनसमा भएकोले उसको सामू झनै ठूलो लक्ष्य रहेको छ।

शुक्रबार दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गरिरहेको अफगानिस्तानले ४३८ रनको लगभग असम्भव अन्तरले जित्ुनपर्ने हुन्छ। अनिमात्र अफगानिस्तानको नेट रनरेट न्युजिल्यान्डभन्दा राम्रो हुनेछ।

यसबाहेक अफगानिस्तानले चाहन्छ कि पाकिस्तान  नजितोस् अथवा उसले खोजेको ठूलो अन्तरको जित हासिल नहोस्।

विश्वकपमा लिग चरणका अब तीन खेलमात्र बाँकी रहेको छ। शुक्रबार अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा भइरहेको छ।

शनिबार पाकिस्तान र इंग्ल्यान्ड आमुन्ने  सामुन्ने हुनेछ। त्यस्तै आइतबार भारत र नेदरल्यान्ड्सविरूद्ध प्रतिस्पर्धा हुनेछ।

 

Tags: