post-slider post-slider

प्रधानमन्त्रीको चीन भ्रमण सेप्टेम्बरमा

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी सेप्टेम्बरमा उत्तरी छिमेकी चीन भ्रमणमा जाने भएका छन्।

परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आगामी सेप्टेम्बर महिनामा हुने जानकारी दिएका हुन्।

नेपाल प्रेस युनियन कैलालीको छैटौं जिल्ला अधिवशेनलाई सम्बोधन गर्दै मन्त्री साउदले प्रधानमन्त्रीको चीन भ्रमण आगामी सेप्टेम्बरमा हुने तय भएको बताए।

साउदले प्रधानमन्त्रीको चीन भ्रमणले दुई उदाउँदा छिमेकी मुलुकबीचसँगको सम्बन्ध थप सुमधुर हुने उल्लेख गरे।

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण नेपालका लागि फलदायी हुने उनको भनाइ छ।

‘लाभ लिने सन्दर्भमा प्रधानमन्त्रीको आगामी सेप्टेम्बरमा हुने चीन भ्रमण महत्वपूर्ण हुनेछ,’ उनले भने,‘नेपाल असंलग्न परराष्ट्र नीतिमा हिँडेको छ, राष्ट्रको हितलाई केन्द्रमा राखेको छ।’

दुई ठूला छिमेकी मुलुकको बीचमा रहेकाले दुवैतिर सन्तुलित सम्बन्ध राखेर राष्ट्र हितमा काम गर्न सरकार तयार रहेको उनले बताए।

उनले आर्थिकका साथै भारतसँग नेपालको सामाजिक र सांस्कृतिक सम्बन्ध रहेको उल्लेख गरे।

‘भारतसँग हाम्रो दुईतिहाइ व्यापार चलिरहेको छ। सामाजिक र सांस्कृति सम्बन्ध छ। नदीहरू समुद्रसम्म पुग्दा भारत भएरै बग्ने गर्छन्। हाम्रो घनिष्ठ सम्बन्ध छ,’ साउदले भने,‘चीनबाट हुने व्यापार पनि हिन्दमहासागरमार्फत नै आउने हुनाले भारतसँग पनि सम्बन्ध राख्नुपर्ने आवश्यक्ता छ।’

साउदले उत्तर छिमेकी चीन विश्वव्यापी रूपमा शक्ति राष्ट्रका रूपमा उदाइरहेकाले त्यसको सकारात्मक सदुपयोग गर्न सकिने बताए।

 

Tags: