post-slider post-slider

मिटरब्याजीलाई कारबाही गर्ने ऐन रोक्न संसद अवरूद्ध गरिँदैछ : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको बताएका छन्।

बुधबार माओवादी केन्द्रसम्बद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

उनले भने, ‘मैले एउटा पुस्तक विमोचनमा सन्दर्भवश भनेको कुरालाई बंग्याएर संसद अवरूद्ध गर्ने कोसिस हुँदैछ। खासमा यसको अर्थ अर्कै छ। मिटरब्याजीहरूलाई कारबाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूची थियो। कतिपयलाई मिटरब्याजीलाई कारबाही गर्न खोजिएको कुरा मन परेको छैन। यसलाई रोक्न संसद अवरूद्ध गरिँदैछ।’

प्रधानमन्त्री प्रचण्डले आफूहरू सुशासन स्थापना र भ्रष्टाचारविरूद्धको लडाइँमा रहेको र जसरी पनि जित्ने बताए।

‘हामी एउटा लडाइँमा छौं, सुशासनको लडाइँ, भ्रष्टाचारविरूद्धको लडाइँ, यो लडाइँमा हामी जित्छौं,’ उनले भने,‘विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौं। तर अहिले परिस्थिति फेरिएको छ। माओवादी धारका सबै शक्तिहरू एकताबद्ध हुँदैछौं। २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौं।’

प्रचण्डले आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको दोहो¥याए। १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने सम्झौता महत्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।

 

Tags: