post-slider post-slider

कांग्रेस र कम्युनिष्टप्रतिको आकर्षण घटिसक्यो : राजेन्द्र लिङ्देन

Image
A A

झापा- राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारको विषयमा कांग्रेस र कम्युनिष्टहरूप्रति जनताको आकर्षण घटिसकेको टिप्पणी गरेका छन्। नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिष्ट एकै स्थानमा उभिन्छन् भन्ने घटनाक्रमले प्रमाणित भएको दाबी गर्दै उनले यस्ता क्रियाकलापका कारण उनीहरूप्रति जनताको विश्वास गुम्दै गएको बताएका हुन्।

पार्टीको नवीन राप्रपा कार्ययोजना अभियानअन्तर्गत बिर्तामोडस्थित राप्रपा जिल्ला समिति झापाको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारका ठूला घटना सार्वजनिक भइरहँदा राप्रपाका कोही मानिस नमुछिएको बताए। लिङ्देनले ठूलाठूला भ्रष्टाचार काण्डमा कांग्रेस र कम्युनिष्टका नेताहरुको संलग्नता देखिएको र भ्रष्टाचारी जोगाउने कार्यमा पनि उनीहरू एकै स्थानमा उभिएको आरोप लगाए। ​

विदेशीका लागि कम्फर्टेबल सरकारको खोजीमा लाग्ने कांग्रेस र कम्युनिष्ट जनताका लागि कहिल्यै कम्फर्टेबल नभएको भन्दै उनीहरू राष्ट्रियताको विषयमा समेत प्रष्ट नभएको आरोप लगाए।

कुनै बेला राप्रपाको सदस्य लिएकालाई रातरात वक्तव्य जारी गर्न लगाउने, जबर्जस्ती कांग्रेस र कम्युनिष्ट पार्टीमा प्रवेश गराउने गरेको घटनाहरुको स्मरण गर्दै लिङ्देनले अहिले ति पार्टी प्रवेश गर्ने क्रम लगभग शून्य रहेको र कांग्रेस कम्युनिष्ट सर्वाधिक रक्षात्मक बन्दै गएको दाबी समेत गरे।

Tags: