post-slider post-slider

आलमको मुद्दामा आज अन्तिम सुनुवाइ

Image
A A

काठमाडौं - हत्या आरोपमा हिरासतमा रहेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ।

आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि रौतहट जिल्ला अदालतमा आज पेसी तोकिएको हो।

संविधानसभा चुनावका बेला २०६४ सालमा इँटा भट्टामा जिउँदै मानिस जलाएको घटनामा आलम मुख्य अभियुक्त हुन्।

उनीमाथि निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप लागेको छ।

आलम कांग्रेसका नेता तथा पूर्वमन्त्रीसमेत हुन्।

उनलाई प्रहरीले २०७६ आसोज २६ गते प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्दा उनी रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद थिए।

 

Tags: