post-slider post-slider

‘सबै उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गरौं’

Image
A A

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४८ सालपछिका सबै उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन्।

सोमबार नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

सरकारले कानुन बनाएर सबै उच्चपदस्थ नेता तथा कर्मचारीहरूको सम्पत्ति छानबिन गर्नुपर्ने उनको भनाइ छ।

थापाले देशबाट भ्रष्टाचार हटाउन तथा सुशासन कायम गर्न सबैको छानबिन हुनुपर्ने उल्लेख गरे।

उनले दलहरूबीच चुनावअघि नै गठबन्धन गर्दा कार्यकर्ताहरूको आस्थामा चोट पुगेको पाइएकोले यसलाई अन्त्य गर्नुपर्ने बताए।

सबै पार्टीहरूबीच सहमति गरेर निर्वाचन आयोगसमक्ष कुनै पनि दलले गठबन्धन गर्न नपाउने कानुनको व्यवस्था गर्न सकिने उनको भनाइ छ।

चुनावपछि सरकार निर्माणका लागि भने गठबन्धन गरिनु उपयुक्त हुने थापाले बताए।

महामन्त्री थापाले कांग्रेसले उद्योगहरू बन्द ग¥यो भन्ने आरोप गलत भएको दाबी गरे।

भृकुटी कागज उद्योग, गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखान घाटामा गएर बन्द गर्नुपरेको उल्लेख गर्दै उनले तत्कालीन समयमा एक अर्बभन्दा बढी घाटा भएको रकम सरकारले बेहोर्नुपरेको तथ्य सम्झ्नुपर्ने जिकिर गरे।

कांग्रेसले उद्योग खोलेकै कारण राजस्व संकलनमा वृद्धि भएको बताउँदै थापाले नेपालकै इतिहासमा सबैभन्दा धेरै उद्योग २०४९ सालमा स्थापना भएको उल्लेख गरे।

 

Tags: