post-slider post-slider

सेयर बजारमा २४.५८ अंकको गिरावट

Image
A A

काठमाडौं - साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ। आज नेप्से २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा झरेको छ। 

आज ३१६ कम्पनिको ९७ लाख ६२ हजार ८०३ कित्ता सेयरको ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँमा खरिद-बिक्री भएको छ। आज दुई समूहको उपसूचक बढ्दा ११ समूहको उपसूचक घटेको छ। 

आज दोल्ती पावरको सेयर सर्वाधिक ९.५६ प्रतिशतले बढेको छ भने साधना लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त  वित्तीय संस्थाको ८.७२ प्रतिशले बढेको छ।

त्यस्तै, आज पिपुल्स पावरको सबैभन्दा बढी ९.९२ प्रतिशतले घटेको छ भने सिंगाटी हाइड्रोको ७.५५ प्रतिशतले घटेको छ।   

त्यसैगरी, आज कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ। आज नेपाल फाइनान्सको १२ करोड  ६४ लाख मूल्य बराबरको सेयर खरिद-बिक्री भएको छ। त्यस्तै हिमालयन डिस्टिलरीको ११ करोड ९० लाख मूल्य बराबरको सेयर कारोबार भएको छ।

Tags: