post-slider post-slider

इन्द्रजात्रामा हिँडेरै जाने राष्ट्रपतिको तयारी

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल हिँडेरै इन्द्रजात्रामा जाने भएका छन्।

इन्द्रजात्राको अवसरमा वसन्तपुर जाँदा जुद्ध सालिकबाट हिँडेर जाने तयारी पौडेलले गरेका हुन्।

दिउँसो वसन्तपुरमा आयोजना हुने विशेष समारोहमा जुद्ध सालिकबाट हिँडेर जाने तयारीमा राष्ट्रपति रहेको उनको सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले हिँडेर जाने तयारी गरे पनि सुरक्षा निकायले भने सुरक्षा ‘थ्रेट’ हुनसक्ने भन्दै स्वीकृति दिइसकेको छैन।

पौडेलले भने ‘थ्रेट’ नहुने भन्दै हिँडेरै सर्वसाधारणसँगै इन्द्रजात्रामा सहभागी हुन जाने उनको तयारी छ।

अत्याधिक भिडभाड हुने स्थानमा गाडी लैजान उपयुक्त नहुने भन्दै हिँडेर जात्रामा सहभागी हुने तयारी गरेको राष्ट्रपति पौडेलले सचिवालयले जनाएको छ।

राष्ट्रपति पौडेलले आफू सर्वसाधारणसँगै हिँडेर त्यहाँसम्म पुग्ने र राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्ने अडान राखेका छन्।

राष्ट्रपति पौडेलले आज इन्द्रजात्राको अवलकोन गर्दैछन्।

काठमाडौं उपत्यकाको चिनारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि अमेरिका, जापानलगायत देशका २० महानगरका प्रमुख र उपप्रमुखसहितका पाहुनाहरू काठमाडौं आएका छन्।

 

Tags: