post-slider post-slider

परीक्षा सुरू भएको १० मिनेटमा सिरहामा एसइईको प्रश्नपत्र बाहिरियो

Image
A A

सिरहा, चैत १६ - सिरहामा सुरू हुनासाथ एसइई परीक्षाको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको पाइएको छ। 

परीक्षा सुरू भएको १० मिनेटमै नेपाली विषयको प्रश्न पत्र बाहिरिएको हो। परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरूकै सहयोगमा बाहिर निकालिएको हो।

त्यहाँबाट तस्बिर खिचेर समाजिक सञ्जाल ह्वाटसअपमार्फत् छ्यासछ्यास्ती बनाइएको छ। 

परीक्षा हल वरिपरि फोटोकापी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय रूपमा बसेका थिए। सिरहा जिल्लाभरि नै नेपाली विषयको प्रश्नपत्र समाजिक सञ्जालमार्फत् निजी विद्यालयहरूको हात हातमा पुगेको छ।

Tags: