post-slider post-slider

चीनका पूर्ववरिष्ठ विधायकविरूद्ध घुसकान्डमा मुद्दा दायर

Image
A A

काठमाडौं- पूर्वी चीनको जियाङ्सी प्रान्तका पूर्ववरिष्ठ विधायक यिन मेगेनविरूद्ध घुस लिएको आरोपमा मुद्दा चलाइएको छ।

यिनविरूद्ध घुसकान्डमा मुद्दा चलाइएको सर्वोच्च पिपुल्स प्रोक्युरेटरले जनाएको हो।

उनले पदीय मर्यादाविपरित अनुचित फाइदा लिएको, शक्तिको दुरूपयोग गरेको, अवैध रूपमा ठूलो रकम र बहुमूल्य वस्तुहरू लिएको स्वीकार गरेको बताइएको छ।

अभियोजनहरूले यिनलाई प्रतिवादीको कानुनी अधिकारबारे जानकारी दिइ सोधपुछ गरी प्रतिरक्षा र सल्लाहकारको तर्क सुन्ने सुविधा दिएको बताएका छन्।

राष्ट्रिय पर्यवेक्षण आयोगको अनुसन्धानको निष्कर्षपछि पूर्वी चीनको फुजियान प्रान्तको सानमिङको पिपुल्स प्रोक्युरेटरले यो मुद्दा सहरको मध्यवर्ती जनआदतलमा मुद्दा दायर गरेको छ।

 

Tags: