post-slider post-slider

एनपिएलको पहिलो संस्करण आजबाट

Image

काठमाडौं - सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण आजबाट सुरू हुँदैछ।

त्रिभुवन विश्वबिधालय, किर्तिपुरस्थित खेल मैदानमा २० दिन चल्ने प्रतियोगिताको औपचारिक उदघाट आज हुनेछ।

एनपीएलको पहिलो उदघाटन खेल विराटनगर र जनकपुरका बिचमा हुनेछ । जनकपुरका तर्फबाट अनिल शाह कप्तानीमा रहनेछन भने विराटनगर किंग्सको नेतृत्व सन्दीप लामिछानेले गर्नेछन्।

आजबाट पुस ६ गतेसम्म चल्ने प्रतियोगितामा ८ टोली प्रतिस्पर्धामा छन्। जसअनुसार विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

यस पटकको लिगमा १६ देशका कम्तीमा ४० खेलाडी एनपिएल खेल्न नेपाल आउने भएपछि यसको चर्चा परिचर्चा अझै बढी हुन पुगेको छ। जसअनुसार भारतीय टोलीका चर्चित खेलाडी शिखर धवनदेखि अस्ट्रेलियाका बेन कटिङसम्म रहेका छन्।

Tags: