post-slider post-slider

आइपिएलको रोमाञ्चक खेलमा राजस्थानले कोलकातालाई २ विकेटले हरायो

Image
A A

काठमाडौँ - इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गतको रोमाञ्चक खेलमा राजस्थान रोयल्सले कोलकाता नाइट राइडर्सलाई २ विकेटले पराजित गरेको छ।

जोस बटलरको शतकको मद्दतमा राजस्थानले २० ओभरमा २२४ रनको लक्ष्य पछ्याएको थियो, जुन आइपिएल इतिहासमा सबैभन्दा सफल रन चेज बराबर हो।

यसअघि आरआरले २०२० मा पञ्जाबविरुद्ध २२४ रनको लक्ष्य पछ्याएको थियो।

कोलकोतास्थित इडेन गार्डेन स्टेडियममा राजस्थानले टस जितेर बलिङ रोजेको थियो। कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२३ रन बनाएको थियो।

सुनिल नारायणले ५६ बलमा १०९ रन बनाए। राजस्थानले निर्धारित २० ओभर खेल्दै ८ विकेट गुमाएर २२४ रन बनाएको थियो। जोस बटलरले ६० बलमा नटआउट १०७ रन बनाए।

यो जितपछि राजस्थान रोयल्स ७ खेलमा छैटौं जितसहित अंक तालिकाको शीर्ष स्थानमा छ। राजस्थानको १२ अंक छ। अर्कोतर्फ ६ खेलमा दोस्रो पराजय व्यहोरे पनि कोलकाता ८ अंकसहित दोस्रो स्थानमा छ।

Tags: