post-slider post-slider

कम्युनिष्ट पार्टीलाई एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि बढ्नुपर्छ : मन्त्री मोदी

Image
A A

मोरङ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन्।

आज मोरङमा आयोजित पुष्पलाल स्मृति दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताए।

‘एउटै बलियो कम्युनिष्ट पार्टी मार्फत आमूल परिवर्तनको सपना बोकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने पुष्पलालको सपना साकार गर्नका लागि सबै कम्युनिष्टबीचको एकता अनिवार्य र अपरिहार्य छ,’ माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री मोदीले भने।

पुष्पलाल श्रेष्ठको योगदानले नै अहिले कम्युनिष्ट पार्टीहरु यो स्थानसम्म आइपुगेको भन्दै उनले त्यो गाम्भीर्यतालाई बुझेर नेपालका कम्युनिष्ट पार्टी अगाडि बढ्नुपर्ने बताए।

कार्यक्रममा मन्त्री मोदीले कर्मचारीहरुको सरुवा प्रणालीलाई पूर्व अनुमानयोग्य बनाउन तयारी गरिरहेको समेत उल्लेख गरे।

 

Tags: