post-slider post-slider

प्रचण्डद्वारा ‘जनतासँग माओवादी’ अभियानको शुभारम्भ

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ आरम्भ गरेका छन्।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले शनिबार पार्टी मुख्यालय पेरिसडाँडाबाट यो अभियान सुरू गरेका हुन्।

प्रचण्डले पार्टीलाई जनतासँग जोड्दै समाजवादको आधार तयार गर्ने संकल्पका साथ तीन महिने अभियान सुरू गरिएको बताए।

राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्ने, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने, सामाजिक न्याय र सुशासनको कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ अभियान सञ्चालन गर्ने निर्णय पार्टीले गरेको उनले उल्लेख गरे।

प्रचण्डले देशको ६ हजार ७४३ वडामा एकैसाथ अभियानको शुभारम्भ भएको जानकारी दिए।

 

Tags: