post-slider post-slider

प्रचण्ड र बाबुरामविरूद्ध मुद्दा चलाउन अनुमति

Image
A A

काठमाडौं- सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन माओवादी नेता एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरूद्ध मुद्दा चलाउन अनुमति दिएको छ।

प्रचण्ड र भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो।

आफूजस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रूपमा प्रयोग गरी जबजरजस्ती अयोग्य लडाकु भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै लेनिन विष्टले प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए।

रिटमा दुवै नेतालाई युद्ध अपराधमा कारबाही गर्न अभियोजन प्रक्रिया अगाडि बढाउनुपर्ने माग गरिएको छ।

यसक्रममा प्रचण्डको प्रधानमन्त्रीको पदीय हैसियत निलम्बनमा राख्नुपर्ने माग समेत विष्टले गरेका छन्।

आफूहरूलाई अयोग्य लडाकु भनेर अपमान नगर्न पनि आदेश दिनुपर्ने रिट निवेदकको माग छ।

यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरूप निरूपण हुने भन्दै दरपीठ गरेको थियो।

दरपीठविरूद्ध विष्टले दिएको निवेदनउपर सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रबार रिट दर्ता गर्न आदेश दिएको छ।

 

Tags: