post-slider post-slider

आज पनि कांग्रेस बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने

Image
A A

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजेबाट केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ। 

बिहीबारको बैठकमा पनि केन्द्रीय सदस्यहरू बोल्ने क्रम सकिएको छैन। त्यसैले आज पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राख्नेछन्। हिजोको बैठकमा ३५ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए। 

बिहीबारको बैठकमा सुशासन र भ्रष्टाचारको विषय उठेको थियो। तर, संस्थापनइतर पक्षले मात्रै यो विषय उठाएको थियो। संस्थापन पक्षका नेताहरू नक्कली भुटानी शरणार्थी प्ररकणमा मुछिएका बालकृष्ण खाँणको बचाउमा उत्रिएका थिए। इतर समूहले भने त्यसको खुलेरै त्यसको विरोध गरेको थियो। 

Tags: