post-slider post-slider

आइपिएल : सबैभन्दा महँगा १० खेलाडी, चर्चित खेलाडी जसको बोली नै लागेन

Image
A A

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ संस्करणका लागि दुबईमा भएको खेलाडीहरूको लिलामीका क्रममा सबैभन्दा महँगो खेलाडीदेखि नयाँ खेलाडीमाथि लगाइएको बोलीले धेरैलाई आश्चर्यचकित तुल्यायो।

लिलामीमा अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्क अहिलेसम्मकै सबैभन्दा महँगो खेलाडी बने।

स्टार्कलाई कोलकत्ता नाइट राइडर्सले २४.७५ करोड भारतीय रूपैयाँमा खरिद ग¥यो।

त्यसपछि अस्ट्रेलियाकै पेट कमिन्सलाई सनराइजर्स हैदराबादले २०.५० करोड रूपैया तिरेर आफ्नो टिममा सामेल ग¥यो।

आइपिएल–२०२४ का महँगा खेलाडीहरू

मिचेल स्टार्क (कोलकत्ता नाइटराइडर्स) – २४.७५ करोड

पैट कमिन्स (सनराइजर्स हैदराबाद) – २०.५० करोड

डेरिल मिचेल (चेन्नई सुपर किङ्स) – १४ करोड

हर्षल पटेल (पञ्जाब किङ्स) – ११.७५ करोड

अल्जारी जोसेफ (आरसिबी) – ११.५० करोड

स्पेन्सर जौनसन (गुजरात टाइटन्स) – १० करोड

समीर रिजवी (चेन्नई सुपर किङ्स) – ८.४० करोड

रोवमन पावेल (राजस्थान रोयल्स) – ७.४० करोड

शाहरुख खान (गुजरात टाइटन्स) – ७.४० करोड

कुमार कुशाग्र (दिल्ली क्यापिटल्स) – ७.२ करोड

चर्चित खेलाडी जसको बोली नै लागेन

स्टिव स्मिथ

लिलामीका क्रममा अस्ट्रेलयाका पूर्वकप्तान स्टिव स्मिथलाई निरासा हात लाग्यो। उनको आधार मूल्य दुई करोड रहेको थियो। तर, यो लिलामीमा उनलाई कसैले खरिद गरेनन्।

जोस हेजलवुड

अस्ट्रेलियाका खेलाडी जोस हेजलवुडलाई पनि कुनै टिमले खरिद गरेन। उनको आधार मूल्य पनि दुई करोड रहेको थियो।

रेसी वेन डेर डसन

लिलामीमा दक्षिण अफ्रिकाका ब्याटर डसनलाई पनि निरासाको सामना गर्नुप¥यो। उनलाई पनि कुनै टिमले खरिद गरेन। डसनको आधार मूल्य दुई करोड थियो।

कायली जेमिसन

विश्वकै सबैभन्दा अग्लो तीव्र गतिका बलर न्युजिल्यान्डका कायली जेमिसनलाई पनि निरासा हात लाग्यो। आधार मूल्य एक करोड रहेको जेमिसनलाई कुनै पनि टिमले खरिद गरेन।

 

Tags: