post-slider post-slider

प्राकृतिक चिकित्सा विकास गर्ने स्वास्थ्य मन्त्री बस्नेतको प्रतिवद्धता                                            

Image
A A

 

काठमाडौं।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले प्राकृतिक चिकित्सा विकासको लागि स्वास्थ्य मन्त्रालय प्रतिवद्ध रहेको बताए । 

प्राकृतिक चिकित्सा दिवसको अवसरमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बुधबार राजधानी मा आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले प्राकृतिक चिकित्सा प्रणालीको विकासले निरोगी समाज  बन्न सहज हुने भएकाले यसलाई स्वास्थ्य मन्त्रालयले प्राथमिकतामा राखेर अगाडि बढ्न खोजेको बताए । 

नेपाल प्राकृतिक वनस्पतिको भण्डार र योगको उर्बर भूमि भए पनि त्यसको महत्त्व बुझ्न नसक्दा कस्तुरीको नाइटोमा बीना छ भन्ने कुरा उसैले थाहा नपाएको जस्तो भएको बताउदै प्राकृतिक चिकित्साको क्षेत्रमा  कुरा भन्दा काम गर्न आवश्यक रहेको मन्त्री बस्नेतले सुझाव  दिए। आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा प्राकृतिक चिकित्सकको  तत्कालका लागि एक जना अधिकृत स्तरको दरबन्दी सिर्जना गर्न विभागका अधिकारीलाई निर्देशन दिदै मन्त्री बस्नेतले यो क्षेत्रमा बिस्तारै दरबन्दी थप गर्दै जाने आश्वासन दिए। 

कार्यक्रममा पुर्व सांसद शंकर पाण्डेले प्राकृतिक चिकित्सा प्रकृतिसंग जोडिएकाले त्यसको अनुसरण गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिए । डा. प्रतिक्षा पाण्डेले कार्यपत्र प्रस्तुत गर्दै प्राकृतिक चिकित्सा पद्धति मार्फत उपचार गर्दा साइड  इफेक्ट नहुने भएकाले यसको बिकासमा राज्यले लगानी बढाउनु पर्ने बताइन् । आयुर्वेद तथा चिकित्सा बिभागका महानिर्देशक डा. बासुदेव उपाध्यक्षले प्राकृतिक चिकित्साको विकासका लागि सबैको सहकार्य आवश्यक रहेकोे बताए । कार्यक्रममा योग, वैकल्पिक चिकित्सा र आयुर्वेद क्षेत्रका विज्ञहरु सहभागि थिए ।

Tags: