post-slider post-slider

सरकारको लोकप्रियता देखेर विपक्षीहरूले षडयन्त्र सुरू गरेका छन् : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरूद्धको अभियान निरन्तर जारी रहने बताएका छन्।

बिहीबार रूकुमपश्चिमको बाँफिकोट गाउँपालिकामा आयोजित सहिद स्मृति खेलकुद तथा सांस्कृतिक कार्यक्रमको उदघाटन गर्दै प्रचण्डले सरकारले सुरू गरेको भ्रष्टाचारविरूद्धको अभियान नरोकिने बताएका हुन्।

उनले सुशासनको अभिायन निरन्तर जारी रहने बताए।

प्रधानमन्त्री प्रचण्डले सरकारमा आएदेखि नयाँ काम सुरू गरेको र सुशासन नचाहने तत्वहरू छटपटाएको जिकिर गरे।

प्रचण्डले सरकारको लोकप्रियता देखेर विपक्षीहरू सरकार ढाल्ने षडयन्त्र सुरू गरेको बताए।

आफ्नो नेतृत्वको सरकारले भ्रष्टाचारविरूद्धका फाइल खोलेर जनतालाई सुशासनको अनुभूति दिलाएको उनको दाबी थियो।

मिटरब्याज पीडितहरूको पक्षमा कानुन बनाएको, अवैध रूपमा हुने सुन तसकरीविरूद्ध कारबाही प्रक्रिया सुरू गरेको, ललिता निवास प्रकरणको छानबिन सुरू गरेको, भुटानी शरणार्थी, भूमाफिया र तस्करीविरूद्ध वर्तमान सरकारले सशक्त कारबाही सुरू गरेपछि विपक्षीहरू विक्षिप्त बनेको प्रचण्डले बताए।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्रतालाई उच्च प्राथमिकतामा राखेर कुटनैतिक सम्बन्ध विस्तार गरेको पनि बताए।

 

Tags: