post-slider post-slider

दक्षिण भारतको मदुरैमा रेल दुर्घटना : ९ जनाको मृत्यु

Image
A A

काठमाडौं- भारतको तमिलनाडुस्थित मदुरैमा शनिबार भएको रेल दुर्घटनामा ९ जनाको मृत्यु भएको छ।

बिहान करिब साढे पाँच बजेतर्फ मदुरै रेल्वे स्टेशनमा रोकिएको रेलको एक कोचमा आगो लागेको मदुरैका अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार आगलागी भएको कोचमा उत्तर प्रदेसबाट आएका तीर्थयात्रीहरू सवार थिए।

कफी बनाउनका लागि चुलो बाल्दा ग्यास सिलिन्डर विस्फोट भएर कोचमा आगो लागेको अधिकारीहरूले जनाएका छन्।

कोचमा सवारमध्ये ५५ जनाको उद्धार गरिएको छ।

यसैबीच दक्षिण रेल्वेले दुर्घटनामा मृत्यु भएका परिवारलाई दश लाख रूपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार एक ट्राभेल एजेन्सीले यात्रुहरूका लागि कोच बुक गरेको थियो।

रेल्वेले बयान जारी गरेर यात्रुहरूले अवैध रूपमा ग्यास सिलिन्डर ल्याएको बताएको छ।

 

Tags: