post-slider post-slider

बालेनको निर्देशनलाई टेरेनन् शिक्षकहरूले, काठमाडौंका सबै विद्यालय बन्द

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाका सबै सामुदायिक विद्यालय बन्द भएका छन्।

सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकविरूद्ध शिक्षकहरू सडक आन्दोलनमा उत्रिएपछि काठमाडौं महानगरका सबै सामुदायिक विद्यालयहरू बन्द भएका हुन्।

महानगरपालिकाका मेयर बालेन्द्र साहले विद्यालय बन्द गरेर आन्दोलनमा जाने शिक्षकहरूमाथि संविधान र कानुनअनुसार कारबाही गर्ने बुधबार चेतावनी दिएका थिए।

मेयर साहको चेतावनीका बाबजुद शिक्षकहरू आन्दोलनमा गएपछि महानगरका सामुदायिक विद्यालयहरू बन्द भएका हुन्।

विद्यालयको अनुगमनका लागि नगर प्रहरी खटिएका थिए। 

नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले अनगुमनमा जाँदा सबै विद्यालय बन्द अवस्थामा भेटिएको बताएका छन्।

उनले बन्द भएको टिप्पणी उठाएर महानगरपालिकाको शिक्षा विभागमा पठाउने जानकारी दिएका छन्।

महानगरपालिकाको शिक्षा विभागले बन्द भएको विद्यालयका शिक्षकहरूको विषयमा प्रतिवेदन तयार गरी आवश्यक कारबाहीका लागि कार्यपालिकामा पेस गर्ने तयारी गरेको छ।

काठमाडौं महानगरपालिकामा ८९ सामुदायिक विद्यालयहरू रहेका छन्।

महानगरपालिकाका प्रधानान्यापाकहरूले संयुक्त विज्ञप्ति निकालेर अर्को सूचना नभएसम्मका लागि महानगरभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो।

 

Tags: