post-slider post-slider

विश्वकप : पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानमध्ये को पुग्ला सेमिफाइलनमा?

Image
A A

काठमाडौं- ‘मलाई लाग्छ यदि फखर क्रिजमा टिकिरह्यो भने हामी ४६० रन पनि चेज गर्न सक्थ्यौं। उनले यस्तो इनिङ खेल्दा ९० प्रतिशत म्याच जितिसकको जस्तै हामीलाई लाग्छ।’

पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले न्युजिल्यान्डविरूको म्याच सकिएपछि यसो बताउँदा जितको खुसी थियो नै साथै विश्वकपको सेमिफाइनलको दौडमा कायमै रहेको सन्तोष पनि।

न्युजिल्यान्डले पहिले ब्याटिङ गर्दै पाकिस्तानी बलरलाई निशाना बनाउँदै यो म्याचमा ४ सय रनको पहाह खडा गरिदिएको थियो। 

त्योबेला पाकिस्तानका लागि अगाडिको बाटो बन्द भइसकेको सबैलाई लागिरहेको थियो।

तर जवाफमा पाकिस्तानको ब्याटिङले शानदार प्रदर्शन ग¥यो। र, २५ ओभरमै दुई सयको आँकडा पार ग¥यो।

वर्षाका कारण खेल रोकिएपछि डकवर्थ लुइस नियम (डिएलस) अनुसार पाकिस्तान विजेता घोषित भयो।

यो म्याचले चौथों स्थानका लागि ‘रेस’ लाई जिवीत राख्दै अगामी म्याचहरू ‘डेड रबर’ बन्न नदिने काम पनि गरेको छ।

५ नोभेम्बरमा भएको म्याच समाप्त हुनुअघिको समीकरण यस्तो देखिएको थियो।

शीर्ष ३

भारत

हालको अंक : १६, अधिकतम सम्भावित अंक : १८

भारतीय टिम १६ अंकका साथ शीर्ष स्थानमा छ। कुनै पनि टिम अब जतिसुकै बल लगाए पनि अंकतालिकामा यहाँसम्म पुग्न सम्भव छैन।

यसबाहेक नेदरल्यान्ड्सविरूद्ध भारतले खेल्न बाँकी छ। जिते पनि हारे पनि भारत अंकतालिकाको शीर्ष स्थानमा रहिरहनेछ।

र, चौथौं स्थानमा रहने टिमसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।

दक्षिण अफ्रिका

हालको अंक : १२, अधिकतम सम्भावित अंक : १४

दोस्रो स्थानमा दक्षिण अफ्रिका रहेको, जसको १२ अंक छ। दक्षिण अफ्रिकाले पनि सेमिफाइनलका लागि स्थान सुनिश्चित गरिसकेको छ।

अन्तिम म्याचमा हार बेहोर्नुपरे पनि बढीमा यो टिम तेस्रो स्थानमा जानेछ। तर, सेमिफाइनलमा पुग्न दक्षिण अफ्रिकालाई रोक्ने कुनै पनि सम्भावना छैन।

अस्ट्रेलिया

हालको अंक : १०, अधिकतम सम्भावित अंक : १४

तेस्रो स्थानमा हालसम्म अस्ट्रेलिया देखिएको छ। यो टिमको कुल अंक १० रहेको छ। अस्ट्रेलियाका लागि सबलपक्ष भनेको अहिलेसम्म उसले जम्मा सात म्याचमात्रै खेलेको छ।

अस्ट्रेलियाले दुई म्याच खेल्न बाँकी छ। जसमध्ये अफगानिस्तानविरूद्ध मंगलबार उसले प्रतिस्पर्धा गरिरहेको छ। स्ट्रेलियाले यदि थप एक म्याच ठीकठाक ढंगले जित्यो भने सेमिफाइनलमा उसले तेस्रो स्थान पक्का गर्ने निश्चित छ।

दुवै म्याच जितेको अवस्थामा लिग चरणको अन्त्यसम्म अस्ट्रेलिया दोस्रो स्थानमा पुग्नेछ भने दक्षिण अफ्रिका एक स्थान ओरोलो लाग्छ।

को हुनेछ चौथों टिम ?

चौथों स्थानका लागि लडाइँ जारी छ। अंकतालिकाको चौथों स्थानका लागि ८–८ अंकका साथ न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तानको दौड चलिरहेको छ।

तीनवटै टिमका बराबर अंक भए पनि नेट रनरेटको आधारमा न्युजिल्यान्ड (+ ०.०३९८) अगाडि छ। त्यसपछि पाकिस्तान (+ ०.०३६) र अफगानिस्तान (–०.०३०) रहेको छ।

सेमिफाइनलमा यो तीन टिममध्ये कुनै एक जानेछ र बाँकी टिम आ–आफ्नो घर फर्किनेछ। 

तर, सेमिफाइनलमा पुग्ने टिम कुन चाहिँ होला त्यसकै लागि अहिले जोडघटाउ चलिरहेको छ।

न्युजिल्यान्ड

हालको अंक : ८, अतिकतम सम्भावित अंक : १०

न्युजिल्यान्ड यतिबेला ज्यादै मजबुत स्थितिमा देखिएको छ। वर्षाका कारण प्रभावित म्याचमा पाकिस्तानसँग हार बेहोरेपछि उसको समीकरण केही बिग्रिएको छ।

पाकिस्तान र अफगानिस्तान यतिबेला न्युजिल्यान्डसँग बराबर देखिन्छ। तर, यदि श्रीलंकाविरूद्ध उत्कृष्ट अन्तरले जित हासिल गरे न्युजिल्यान्डले सेमिफाइनलमा स्थान पक्का गर्नेछ।

न्युजिल्यान्ड र श्रीलंकाबीचको खेल बेंगलुरूमा ९ नोभेम्बरमा हुनेछ। तर, त्यो दिन त्यहाँ वर्षा हुने सम्भावना रहेको बताइएको छ। न्युजिल्यान्ड टिम म्याचको समयमा वर्षा नहोस् भन्ने कामना गर्नेछ।

पाकिस्तान

हालको अंक : ८, अधिकतम सम्भावित अंक : १०

पाकिस्तान टिम भारत, दक्षिण अफ्रिका र अफगानिस्तानसँग पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको देखिएको थियो।

तर, यो टिमका साथ अधिकांश समय हुने घटना यसपालि पनि भयो।

‘भागेर गाडी समाउने’ आफ्नो पुरानो बानी दोहो¥याउँदै पाकिस्तानले पहिले बंगलादेशलाई हरायो र त्यसपछि न्युजिल्यान्डविरूद्ध फकर जमान र वर्षाको मदतले म्याच जित्न सफल रह्यो।

पाकिस्तानले आगामी म्याच इंग्ल्यान्डसँग खेल्नुपर्ने छ। यो म्याच पाकिस्तानले कुनै पनि हालतमा जित्नुपर्ने हुन्छ।

साथै उसले चाहन्छ– न्युजिल्यान्ड श्रीलंकासँग हारोस् वा वर्षाका कारण खेल प्रभावित भइदियोस्।

अथवा इंग्ल्यान्डलाई फराकिलो अन्तरले पराजित गरेर न्युजिल्यान्डलाई नेट रनरेटमा पछार्नतर्फ पाकिस्तानको नजर हुनेछ।

पाकिस्तानले आफ्नो म्याच राम्ररी खेलेर अर्को म्याचतर्फ पनि नजर राख्नुपर्ने हुन्छ।

अफगानिस्तान

हालको अंक : ८, अधिकतम सम्भावित अंक : १२

नेदरल्यान्ड्सविरूद्ध हासिल गरेको बलियो जितले अफगानिस्तान टिमलाई सेमिफाइनलसम्म पुग्ने भरोसालाई जिवीत राखेको छ। यद्यपि उसको आगामी समय कठिनाइलाई भरिएको छ।

अफगानिस्तानले बाँकी दुई खेल अस्ट्रेलिया र दक्षिण अफ्रिकासँग खेल्नुपर्नेछ।

यदि यो दुवै म्याच जिते सेमिफाइनलसम्म पुग्ने अफगानिस्तानको बाटो पक्का हुनेछ।

पाकिस्तानसँग न्युजिल्यान्डले बेहोर्नुपरेको हारले अफगानिस्तानलाई केही हदसम्म सहज बनाइदिएको छ। तर, उसले अबको दुवै कठिन म्याच जित्नुपर्ने हुन्छ।

 

Tags: