post-slider post-slider

गगन थापा भन्छन्- संसद्‌मा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्छ

Image
A A

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसदमा पेस गरिएको शिक्षा विधेयक सच्याउनुपर्ने बताएका छन्।

पार्टीनिकट नेपाल मुस्लिम संघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले विधेयकलाई सच्याउन कांग्रेसले आफ्ना पार्टीका सांसद र नेताहरूसँग सामुहिक छलफल गर्ने समेत बताए। उनले कांग्रेस संसदमा सबैभन्दा ठूलो पार्टी भएको नाताले उसले हरेक विधेयकलाई समृद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए।

थापाले निर्वाचन कानूनसम्बन्धी विधेयक पनि केही दिनभित्रै संसदमा पेश हुने उल्लेख गर्दै त्यसलाई कांग्रेसले आवश्यकताको आधारमा संशोधन गरेर पारित गर्न नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए।

उनले भने, ‘नेपाली कांग्रेस संसदको ठूलो पार्टी हो। त्यो भएको हिसाबमा नेपाली कांग्रेस यो संसदमा केही काम गरिदियोस् भन्ने तपाईंका मागहरु छन, जुन जायज छन्। शिक्षा विधेयक भर्खर संसदमा दर्ता भएको छ। कांग्रेसका सांसदहरु, कांग्रेसका केन्दीय सदस्यहरु बसेर यो विधेयकलाई हामी कसरी परिस्कृत र समृद्ध बनाउन सक्छौँ भनेर छलफल गर्छौँ। मुस्लिम समुदायले केही महत्वपूर्ण विषयहरु उठाउनुभएको छ, जुन मदरसा शिक्षासँग सम्बन्धित छ। हामी संसदको सबैभन्दा ठूलो पार्टी हो। हामीले सच्याउन चाहँदा यो सच्चिन्छ। यसलाई हामीले सच्याउनु पर्दछ। निर्वाचन कानुन केही दिनपछि संसदमा आउँछ। हामीले बनाउनु पर्नेछ। हामी बनाउँछौँ।’

महामन्त्री थापाले मुलुकमा नियोजित रुपमा सामाजिक सदभाव बिथोल्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यसलाई रोक्ने काममा पार्टीको सिंगो पंक्ति लाग्नुपर्ने बताए।

Tags: