post-slider post-slider

पाँचवटा प्रदेशमा आज वर्षाको सम्भावना

Image
A A

काठमाडौं- देशका केही भू–भागमा आज बिहान वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ।  

विभागले दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने बताएको छ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यूनचापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

Tags: