post-slider post-slider

उपेन्द्र यादव अमेरिकामा रहेका बेला फुट्यो जसपा नेपाल

Image
A A

काठमाडौं-  सत्तारुढ दल जनता समाजवादी (जसपा) नेपाल फुटेको छ।  

आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ।

संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने सात सांसदहरू राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्।

साथै उनीहरूसँग २९ जना केन्द्रीय सदस्य रहेको बताइएको छ। 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिका भ्रमणमा रहेको बेला उनको पार्टी विभाजन भएको हो। यसले केन्द्रको सत्ता समीकरणमा भने खासै फरक नपर्ने देखिन्छ। 

जसपा नेपालका अध्यक्ष यादवको नेतृत्वमा सरकारमा उपप्रधानसहित स्वास्थ्य मन्त्री बनेर गएको थियो।

Tags: