post-slider post-slider

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

Image
A A

काठमाडौं- आजदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन्।

सरकारले २०७९ चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म हुने जनाएको थियो।

सरकारले गत कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म कार्यालयको समय तोकेको थियो।

वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म रहनेछ।

शुक्रबारका दिन बिहान १० बजेदेख िअपराह्न ३ बजेसम्म कार्यालय खुला रहने गृह मन्त्रालयले जनाएको छ।

सरकारले दिउँसो १ : ३० बजेदेखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ।

Tags: