post-slider post-slider

फ्रान्स युरो कपको क्वाटरफाइनलमा, बेल्जियमको युरो यात्रा समाप्त

Image
A A

काठमाडौं- फ्रान्स जारी युरो कपको क्वाटरफाइनलमा पुगेको छ।  राउण्ड १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई सोमबार राति १-० गोल अन्तरले पराजित गरेको हो।

फ्रान्सको जितमा खेलको ८५औं मिनेटमा राण्डल कोलो मुआनीले प्रहार गरेको बल बेल्जियमका जान भेर्टोन्गहेनलाई लागेर गोल भएको थियो।

यो जितपछि फ्रान्स क्वाटरफाइनलमा पुगेको छ। अब फ्रान्सले क्वाटरफाइनलमा पोर्चुगल र स्लोभेनियाबीचको विजेतासँग खेल्ने छ। 

पोर्चुगल र स्लोभेनियाबीचको खेल आजै राति १२:४५ मा हुँदैछ। त्यस्तै, यो हारसँगै बेल्जियमको युरोकप यात्रा भने टुंगिएको छ।

Tags: