post-slider post-slider

चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीच चर्कियो द्वन्द्व

Image
A A

काठमाडौं- चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बीच द्वन्द्व चर्किएको छ। 

कानुनी अस्पष्टताका कारण सीटिईभिटिका कलेजमा सिट निर्धारणदेखि भर्ना प्रक्रियाको अधिकारका विषयमा चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बीच द्वन्द्व चर्किएको हो। 

सीटीईभीटीले सम्बन्धन दिएर सिट निर्धारण गरी भर्ना खुलाएपछि द्वन्द्वको सुरुवात भएको हो। 

आयोगले भर्ना प्रक्रिया स्थगित नगरे कानुनी कारबाहीमा जाने चेतावनी मंगलबार दिइसकेको छ। त्यसको भोलिपल्ट बुधबार सीटीईभीटीले कानुनअुनसार भर्ना खुला गरेको जवाफ दिएको छ। अहिले दुई निकायबीच जुहारी चलिरहेको हो। 

आयोगका उपाध्यक्ष डा. श्रिकृष्ण गिरी भन्छन्, ‘कानुनले सिट तोक्ने जिम्मेवारी आयोगलाई दिएको छ र ऐन अनुसार हिड्नुपर्छ।’ उनका अनुसार जेठ आठ गते आयोगले सीटीईभीटीका ७० ओटा शैक्षिक संस्थालाई आशयपत्र दिएको छ। २०७९ असोजको निर्णयले सम्बन्धन दियो भनेर पाइँदैन। २०८० जेठ पछाडी परिषद्को शिक्षा मन्त्रीको अध्यक्षताको बैठक राख्नुपर्छ। त्यो बैठकले आयोगबाट आशयपत्र प्राप्त गरेका यी कलेजलाई सम्बन्धन दिने भने आयोगले दिन्छ। 

परिषद्ले सिफारिस गरेर आयोगमा पठाउनुपर्ने तर, परिषद्को नियम विपरित भर्ना गर्न सूचना प्रकाशित गरेको बताइएको छ। अहिले राष्ट्रिय चिकित्सा शिक्षा ऐन विपरित कलेजहरुको सिट निर्धारणदेखि भर्ना प्रक्रिया अगाडि बढाएपछि आयोगले कानुन अनुसार काम गर्न पत्र पठाएको उनले बताए।

‘आयोगले आशयपत्र लिएका ७० ओटा संस्था परिषद्ले पहिल्यै चिनेका संस्था हुन्। परिषद्ले निर्णय गरेर आयोगमा पठाएका थियौं। आयोगले मानेन। आयोगले आशयपत्र दिएपछि हामीले फास्ट ट्रयाकमा लैजान सम्बन्धन दिएर सिट निर्धारण गर्न पठायौं,’ उनले भने।  

उनका अनुसार आयोगले पहिलाको सम्बन्धले हुँदैन फेरि बैठक बसेर सम्बन्धन दिनुपर्ने भनेपछि ती संस्थाको भर्ना रोकिएको थियो। 'गत वर्ष भर्ना गर्दा गुनासो नगरेको संस्थासहित भर्नाको सूचना निकालिएको उनले बताए। त्यो गैरकानुनी भएको आयोगको आरोप छ। आयोगले सबै संस्थाको कोटा तोकिएको छैन। त्यो संस्थाको भर्ना रद्द गर्न पत्राचार गरिएको उनले बताए। 

‘हामीले रद्द गर्ने अवस्था छैन। हामीसँग एच र फार्मेसी पढ्न ४८ प्रतिशत विद्यार्थी छन्। हामीसँग ने सुचना छ त्यसलाई निरन्तरता दिन्छौं। हामी गर्ने पक्षमा पनि छौं,’ उनी भन्छन्।

अहिले सीटीईभीटी अन्तर्गत निजी ४२९, परिषद्को आंगिक ६५, साझेदार ५२ र सामुदायी कविद्यालयमा ६३६ ओटा विद्यालय छन्।
 

Tags: