post-slider post-slider

प्रधानमन्त्री प्रचण्ड मानसरोवर जाँदै

Image
A A

ल्हासा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन्। चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड बुधबार तिब्बतको ल्हासा आएका थिए।  

प्रधानमन्त्री प्रचण्ड कैलाश पर्वतको भ्रमणका लागि बिहान ल्हासाको गंगा विमानस्थल पुग्ने र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्नेछन्। कैलाश पर्वत र मानसरोवरको भ्रमणका लागि उनका साथमा भ्रमण दलमा रहेका सदस्यहरू पनि छन्।  

बुधबार ल्हासा आइपुगेका प्रधानमन्त्री प्रचण्ड यहाँ विभिन्न द्विपक्षीय भेटघाट र निरीक्षण अवलोकनमा व्यस्त भएका थिए। प्रधानमन्त्री प्रचण्ड गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन्।

Tags: