post-slider post-slider

नामिबियालाई नेपालले दियो १८१ रनको लक्ष्य, कुशलको अर्धशतक

Image
A A

कुशल मल्लले अर्धशतक बनाएपछि धर्मराइसकेको नेपाली टिमले नामिबियालाई १८१ रनको लक्ष्य दिएको छ। 

त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध १८० रन बनाएको हो। ्टस टस हारेर ब्याटिङमा उत्रिएको नेपालका लागि मल्लले ५५ रन र आरिफ शेखले ३१ रन बनाए पनि अन्य ब्याटरले ३० रनको आँकडा पार गरेनन्। आज ओपनिङ ब्याटरका रूपमा अनिलकुमार साहलाई खेलाइएको थियो। उनले १७ बलमा २३ रन बनाए। 

त्यस्तै गुल्सन झाले २६ रन, कप्तान रोहित पौडेलले १० रन, दीपेन्द्र सिंह ऐरीले १६ रन बनाए। त्यस्तै आशिफ शेख आज मात्र १ रनमा आउट भए। करन केसीले ७ र सोमपाल कामीले २ तथा प्रतिश जिसीले नटआउट १ रन बनाए। 

नामिबियाका बेन सिकोंगोले आज ३ विकेट लिए। 

Tags: