post-slider post-slider

कानडाले भारतबाट फिर्ता बोलायो ४१ कूटनीतिक अधिकारी

Image
A A

काठमाडौं- कानडा र भारतबीच जारी कूटनीतिक विवादमा कानडाले भारतबाट आफ्ना ४१ कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ।

भारतले सुरक्षा दिन नसक्ने बताएपछि कानडाले आफ्नो ४१ कूटनीतिक अधिकारीहरूलाई फिर्ता बोलाएको हो।

समाचार एजेन्सी एएनआइले जनाएअनुसार कानडाका विदेशमन्त्री मेलानी जोलीले भनेका छन्,‘अहिले म यसको पुष्टि गर्न सक्छु कि भारतले औपचारिक रूपमै हाम्रो २१ जना कूटनीतिक अधिकारीबाहेक अरू सबैको सुरक्षा फिर्ता लिने बताएको छ।’

भारतको यो निर्णयपछि त्यहाँ काम गरिरहेका कानडाका ४१ कूटनीतिक अधिकारी र उनका परिवारका ४२ जनाको सुरक्षा अन्त्य हुने उनको भनाइ छ।

‘यसको अर्थ भारतमा काम गरिरहेका कानडाका ४१ कूटनीतिक अधिकारी र उनका परिवारका ४२ जनाको कूटनीतिक सुरक्षा सकिनेछ, जसका कारण उनीहरूको निजी सुरक्षामा जोखिम हुनसक्छ,’ उनले भने।

यद्यपि विदेशमन्त्री जोलीले भारतको यो निर्णयका बाबजुद दुवै देशका दूतावासको कामधन्धामा कुनै फरक नपर्ने जिकिर गरेका छन्।

चन्ढीगढ, मुम्बई र बेंगलुरूस्थित कानडाको कन्सुलेट्समा केही सेवामाथि रोक लगाइनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ।

 

Tags: