post-slider post-slider

इजरायल–गाजा युद्ध : अहिलेसम्म २२ पत्रकारको मृत्यु, कैयौं बेपत्ता

Image
A A

काठमाडौं- इजरायल र हमासबीचको संघर्षमा अहिलेसम्म २२ पत्रकारको ज्यान गएको छ भने कैयौं बेपत्ता छन्।

हमासले ७ अक्टोबरमा इजरायलमाथि आक्रमण गरेको थियो। त्यसयता २२ जना पत्रकारको ज्यान गएको हो।

पत्रकार सुरक्षा समितिका अनुसार इजरायल र हमासबीच संघर्ष सुरू भएयता २२ जना पत्रकारको ज्यान गएको छ भने कैयौं बेपत्ता छन्।

मृत्यु हुनेमा १८ प्यालेस्टिनी, ३ इजरायली र एक लेबनानका पत्रकार छन्।

कमिटी टू प्रोटेस्ट जर्नलिस्ट (सिपिजे) ले इजरायलको हवाइ आक्रमणमा १५ र ३ जना हमासको आक्रमणमा मारिएको जनाएको छ।

सिपिजेका अनुसार ८ जना पत्रकार घाइते भएका छन् भने तीन जना बेपत्ता छन् वा हिरासतमा राखिएका छन्।

‘पत्रकार पनि नागरिक हो जसले संकटका बेला कठिन काम गरिरहेको छ। युद्धमा सामेल पक्षले पत्रकारलाई निशाना बनाउनु उपयुक्त होइन,’ सिपिजेले भनेको छ।

गाजामा काम गरिरहेको पत्रकार बढी जोखिममा रहेको सिपिजले बताएको छ।

गाजामाथि इजरायलले लगातार हवाइ आक्रमण गरिरहेको छ। 

हमासका स्वास्थ्य विभागले जनाएअनुसार अहिलेसम्म ४ हजारभन्दा बढी प्यालिस्टाइनी इजरायको आक्रमणबाट मारिएका छन्।

दक्षिण इजरायलमा हमासको आक्रमणमा १४ सयभन्दा बढीको मृत्यु भएको छ।

 

Tags: