post-slider post-slider

देउवा जनकपुर आउँदै

Image

जनकपुरधाम- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज जनकपुरधाम आउने भएका छन्।

धनुषा क्षेत्र नम्बर २ को औरहीमा दिवंगत क्षेत्रीय सभापति राजकिशोर सिंहको शालिक अनावरणका लागि देउवा जनकपुरधाम आउन लागेका हुन्।

कार्यक्रममा सहभागी हुन देउवासँगै पूर्वउपासभपति विमलेन्द्र निधि पनि जनकपुरधाम आउने भएका छन्।

दिउँसो १ बजे सभापति देउवा, पूर्वउपसभापति निधिलगायतका नेताहरू हेलिकप्टरबाट आउने कार्यक्रम रहेको कांग्रेस धनुषाका सचिव कन्हैयालाल कर्णले जानकारी दिए।

सचिव कन्हैयाकाअनुसार औरही गाउँपालिका–४ मा पूर्वक्षेत्रीय सभापति सिंहको शालिक अनावरण गर्ने कार्यक्रम रहेको छ।

शालिक अनावरण कार्यक्रमपश्चात देउवालगायतका नेताहरूको आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

Tags: