post-slider post-slider

प्रतिगामीहरू सल्बलाउन थाले : ओली

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका कमजोरीका कारण प्रतिगामीहरू सल्बलाउन थालेको बताएका छन्।

एमालेले बिहीबारबाट सुरू गरेको झुलाघाट–चिवाभन्ज्याङ पदयात्राको उदघाटनपछि बैतडीको गोठालापानीमा आयोजित कार्यक्रममा उनले गठबन्धनले मुलुकलाई सही दिशामा लैजान नसक्दा प्रतिगामीहरू दुलाबाट टाउको निकालेर सल्बलाउन थालेको बताए।

ओलीले प्रतिगामी शक्तिहरूलाई कुनै पनि सल्बलाहट गर्न नदिने चेतावनी दिए।

‘देश बेहाल भएकाले प्रतिगामीहरू दुलाबाट टाउको निकालेर सल्बलाउन खोजेका छन्, कुनै बेलाका महाराज भनेर अहिले सालिक ठड्याउने जस्तो कामसमेत हुन थालेको छ,’ उनले भने,‘याद रहोस् हामी पछाडि फर्कन सक्दैनौं, फेरि कसैको दास, रैती हुनसक्दैनौं।’

पहिचानवादी आन्दोलनका नाममा अहिले जनतालाई भड्काउन खोजिएको बताउँदै उनले राष्ट्रिय एकता खल्बलाउने कोसिस भइरहेको जिकिर गरे।

‘राजनीतिक हिसाबले पहिचानवादीका नाममा नेपाली जनतालाई विभाजन गर्न खोजिएको छ।’ ओलीले भने,‘पहिचानवादीको नाममा हिंसा फैलाउने र अरूलाई आक्रमण गर्ने कुरा सह्य हुनसक्दैन।’

 

Tags: