post-slider post-slider

एसिया कपः भारत आठौं पटक च्याम्पियन

Image
A A

काठमाडौं- घरेलु टोली श्रीलंकाविरुद्ध  १० विकेटको सानदार जित निकाल्दै भारत आठौं पटक एसिसी एसिया कपको च्याम्पियन बनेको छ।

भारत पाँच वर्ष पछि च्याम्पियन बनेको हो। कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट रंगशालमा आइतबार साबिक विजेता श्रीलंकाले प्रस्तुत गरेको ५१ रनको लक्ष्य भारतले ६.१ ओभरमा कुनै पनि विजकेट नगुमाइ भेट्टायो।

भारतका लागि शुभमन गिलले बलमा १९ बलमा ६ चौको मद्दले  २७ र इशान किसनले १८ बलमा तीन चौकाको मद्दतले २३ रन बनाए।

यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा ५० रनमै समेटिएको थियो। श्रीलंकाका लागि कुशल मेन्डिजले १७ र डुसन हेमन्थाले अविजजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। 

पहिलो ओभरको तेस्रो बलमा जस्प्रित बुमराहले कुशल परेरालाई विकेटकिपर केएल राहुलबाट क्याच गराए। श्रीलंकाले चौथो ओभरमा पथुम निसन्का,सदिरा समाराविक्रमा, चरिथा अस्लंका र धनन्नजय डि सिल्भालाई गुमाएको थियो।

मोहम्मद सिराजले ओभरको पहिलो बलमा निसन्कालाई व्यक्तिगत दुई रनमा रविन्द्र जडेजाबाट क्याच गराए। तेस्रो बलमा सामाविक्रमा एलबिडब्ल्युको सिकार बन्दा चौथो बलमा अस्लंका इशान किसनबाट क्याच भए।

ओभरको अन्तिम बलमा डि सिल्भा व्यक्तिगत चार रनमा राहुलबाट क्याच गराए। छैटौं ओभरको चौथो बलमा सिराजले कप्तान दासुन सनाकालाई बोल्ड गराए।

हार्दिक पाड्याले १३ औं ओभरको  बलमा दुनिथ वेलालागेलाई व्यक्तिगत आठ रनमा राहुलबाट १६ औं ओभरको पहिलो बलमा प्रमोद मदुसनलाई एक रनमा विराट कोहली र दोस्रो बलमा मथिशा पाथिरानालाई किसनबाट क्याच गराए।

भारतका लागि सिराजले सात ओभरमा एक मेडनसहित २१ रन खर्चिएर ६, पान्ड्याले २.२ ओभरमा तीन रन खर्चिएर तीन र बुमराहले पाँच ओभरमा एक मेडनसहित २३ रन खर्चिएर एक विकेट लिए।

Tags: